नेप्सेमा कामना सेवा विकास बैंकको शेयरमूल्य समायोजन
१० कार्तिक २०७८, बुधबार १०:५९
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कामना सेवा विकास बैंकको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १८.५० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै कम्पनीको शेयरमूल्य समायोजन भएको हो ।
अघिल्लो दिन कायम ७१९ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयरमूल्य ६०७ रुपैयाँ समायोजन गरेको छ ।