महालक्ष्मी विकास बैंकको ७८ हजार कित्ता संस्थापक शेयर शेयर बिक्रीमा

१० कार्तिक २०७८, बुधबार १०:५२

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ७८ हजार ४६६ कित्ता शेयर बिक्री गर्न लागेको हो ।

बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीले आवश्यक कागज संकलन गरी ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालयमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधिभित्र कुुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने बैकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*