थप ६६६ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

९ कार्तिक २०७८, मंगलवार १६:३९

काठमाडौं । थप पछिल्लो २४ घण्टामा ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुुसार आज देशभर ९ हजार ७७१ जनाको पीसीआर परीक्षण गर्दा ५६९ जनामा र २ हजार २४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, देशभर पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएको छ भने ६२२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर १० हजार २९६ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*