सनराइज बैंक र देवयानी इन्टरनेशनल नेपालबीच छुट सम्बन्धी सम्झौता

९ कार्तिक २०७८, मंगलवार १३:३८

काठमाडौं । सनराइज बैंक र देवयानी इन्टरनेशनल नेपालबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहकहरुले देवयानीले दिदै आइरहेका विभिन्न सेवा सुविधामा बिशेष छुुट पाउने उद्देश्यले उक्त समझदारी भएको हो ।

सम्झौता पत्रमा बैंकका नायब महाप्रबन्धक रबिन नेपाल र देबयानीका नायब महाप्रबन्धक रितुराज शाहले हस्ताक्षर गरेका हुन ।अब बैंकका ग्राहकहरुले डेबिट कार्ड र क्रेडिटको प्रयोग गरी देबयानीमा केएफसी र पिज्जा हटमा खाना र वेवरेजको खरिदमा ५ प्रतिशत छुट पाउने भएका छन् । देबयानीले काठमाडौं उपत्यका लगाायत बाहिरको १७ वटा शाखाहरुबाट केएफसी र पिज्जा हटको सुविधा दिदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*