नेप्सेमा कुमारी बैंकको शेयरमूल्य समायोजन
८ कार्तिक २०७८, सोमबार १२:०६
काठमाडौं । नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा कुमारी बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले ६ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।
अघिल्लो दिन कायम २८० रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयरमूल्य २६४ रुपैयाँ १५ पैसा समायोजन गरेको हो ।