गुराँस लघुवित्तको शेयरमूल्य समायोजन
८ कार्तिक २०७८, सोमबार ११:५५
काठमाडौं । गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १६.९०६४% बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै आज नेप्सेले कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।
अघिल्लो दिन कायम १५७६ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरण पछिको शेयरमूल्य १३४८ रुपैयाँ ९ पैसा समायोजन गरेको छ ।