सिद्धार्थ बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
८ कार्तिक २०७८, सोमबार ११:५२
काठमाडौं । सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष ०७७÷७८ को नाफाबाट कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
बैंकले हाल कायम चुक्तापूँजीको आधारमा १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।