आशा लघुवित्तको पाँचौ साधारणसभा कात्तिक २७ गते, २६% लाभांश पारित गर्ने मुख्य एजेण्डा

५ कार्तिक २०७८, शुक्रबार १२:०३

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौ वार्षिक साधारण सभाको मिति तय गरेको छ । कम्पनीले सभा कात्तिक २७ गते फल एण्ड ट्राउट भिलेज होटल एण्ड रेस्टुरेन्ट, ककनी नुवाकोटमा बिहान १० बजे गर्ने भएको हो ।

कम्पनीको कात्तिक ४ गते बसेको संचालक समितिको ९५ औं बैठकको निर्णयले कम्पनीको पाँचौ सभा उक्त स्थान र समयमा आह्वान गरेको हो । साथै सोही सभाले २६.३१५७८९४ प्रतिशत लाभांश पारित गर्नेछ ।

कम्पनीले शेयर दाखिला खारेज (बुकक्लोज) कात्तिक १२ गते गर्ने निर्णय गरेको छ । जसअनुसार कात्तिक ११ गतेसम्म नेप्सेमा कायम रहेका शेयरधनीलेमात्र सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*