कृषि विकास बैंकको डिबेञ्चर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

५ कार्तिक २०७८, शुक्रबार ११:४७

काठमाडौं । कृषि विकास बैंकले ऋणपत्र रजिष्ट्रार नियुक्त गरेको छ । बैंकले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई ऋणपत्र रजिष्ट्रारमा नियुक्त गरेको हो ।

बैंकले ८ वर्ष अवधिको लागि ६ अर्ब र ९ वर्ष अवधिको लागि ३ अर्ब ४२ करोड ६९ लाख ७५ हजार रुपैयाँ बराबरको ‘कृषि ऋणपत्र’ को लागि एनआईबिएल एस क्यापिटललाई ऋणपत्र रजिष्ट्रारको रुपमा चयन गरेको हो ।

उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख वित्त अधिकृत प्रेम कुमार श्रेष्ठ र वरिष्ठ शाखा प्रमुख उमेश पंजियार र क्यापिटलका तर्फबाट नायम प्रमुख कार्यकारी अधिकृत खेम बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*