प्राइम कमर्सियल बैंकको संस्थापक शेयर आजदेखि बिक्री खुल्ला

५ कार्तिक २०७८, शुक्रबार ११:३३

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले आज (कात्र्तिक ५ गते) देखी संस्थापक समूह तर्फको शेयर बिक्रीमा ल्याएको हो ।

बैंकका संस्थापक शेयरधनीहरु आफ्नो नाममा रहेको केही संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिको ४३१ औं बैंठकले बिक्री प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

संस्थापक शेयर खरिद गर्ने विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क राख्न सक्नेछन् ।

साथै तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने बैंकले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*