न्यादी हाड्रोपावरको आईपीओ आज बाँडफाँड हुदैं, २१ लाख बढी आवेदक हात खाली
५ कार्तिक २०७८, शुक्रबार ०८:००
काठमाडौं । न्यादी हाइड्रोपावरले निष्काशन गरेको आईपीओ आज बाँडफाँड हुँदैछ । कम्पनीको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले क्यापिटल कै कार्यालय नक्सालमा बिहान ९ बजे शेयर बाँडफाड हदैछ ।कम्पनीले सर्बसाधारणलाई २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये २० लाख ९२ हजार ५ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन्।
माग भन्दा बढीको आवेदन परकोले कम्पनीको आईपिओ गोलाप्रथाबाट बाँडफांड हुने छ । गोलाप्रथा मार्फत २ लाख २ हजार २ सय ५० जनाले मात्र १० कित्ताको दरले सेयर पाउने छन् । कम्पनीको आइपीेओमा २१ लाख बढी आवेदक हात खाली हुने छन् ।