न्यादी हाड्रोपावरको आईपीओ भोलि बाँडफाँड हुने, २१ लाख बढी आवेदक हात खाली हुने

४ कार्तिक २०७८, बिहीबार १७:३५

काठमाडौं । न्यादी हाइड्रोपावरले निष्काशन गरेको आईपीओ भोलि बाँडफांड हुने भएको छ । कम्पनीको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले क्यापिटल कै कार्यालय नक्सालमा बिहान ९ बजे शेयर बाँडफाड हुने भएको छ ।

कम्पनीले सर्बसाधारणलाई २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये २० लाख ९२ हजार ५ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन्। माग भन्दा बढीको आवेदन परकोले कम्पनीको आईपिओ गोलाप्रथाबाट बाँडफांड हुने छ । गोलाप्रथा मार्फत २ लाख २ हजार २ सय ५० जनाले मात्र १० कित्ताको दरले सेयर पाउने छन् ।

यस हिसाबमा आवेदन दिएका मध्ये २१ लाख बढी आवेदक हात खाली हुने छन् । यद्यपि यो आवेदन भेरिफाई नहुँदैको तथ्यांक भएकोले यो संख्या केहि तलमाथि हुन् सक्ने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*