नेप्से दोहोरो अंकले घट्दा साढे २ अर्ब माथिको शेयर कारोबार

४ कार्तिक २०७८, बिहीबार १५:१९

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १४.७० अंकले घटेर २५५६.९५ विन्दुमा झरेको छ । नेप्से ०.५७ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि ०.६५ अंकले घटेर ४८३.३९ विन्दुमा झरेको छ ।

दोहोरो अंकले घटेको बजारमा २ वटा उपसमूह बढ्दा बाँकी ११ वटा उपसमूह ओरालो लागेका छन् ।

कूल २१६ वटा कम्पनीको ६१ लाख ६ हजार ४ सय ५२ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६३ करोड रुपैयाँ माथिको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*