फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको मुनाफा घट्यो, प्रतिशेयर आम्दानी कति ?

४ कार्तिक २०७८, बिहीबार १२:१९

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले चालु आर्थिक वर्ष पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। संस्थाले पहिलो त्रैमासमा २ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ० दशमलव २ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले २ करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थाले ४ करोड ७० लाख रुपैयाँ संचालन मुनाफा आर्जन गरेको छ । जुन गत वर्ष यही अवधिमा ४ करोड ७१ लाख रुपैयाँ रहेको थियो। खुद ब्याज आम्दानी गत वर्षको यही अवधिको तुलनामा ९ दशमलव १७ प्रतिशतले घटेको छ। गत वर्ष ५ करोड २७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा समीक्षा अवधिमा घटेर ४ करोड ७९ लाख रुपैयाँमा सीमित बनेको छ।

फाइनान्सको चुक्तापुँजी ९६ करोड ४४ लाख रुपैयाँ रहेको संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १२ दशमलव ३० रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १२१ दशमलव ११ रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*