सिभिल बैंकले ऋणपत्र निष्कासन गर्न बोर्डबाट पायो अनुमति
३ कार्तिक २०७८, बुधबार १८:२१
काठमाडौं । सिभिल बैंकले तीन अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । अनुमति पाएसँगै कम्पनीले एक हजार रुपैयाँ अंकित दरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । कम्पनीले वार्षिक ९ प्रतिशत ब्याजदरमा २०८८ सम्मका लागि ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
स्वीकृति पाएसँगै कम्पनीले कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि र १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट अन्य संघसंस्थालाई विक्री गर्नेछ । विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।