६० अंकले बढ्यो नेप्से, ब्याजदर घटाएसँगै लगानीकर्तालाई राहत

३ कार्तिक २०७८, बुधबार १५:०६

काठमाडौं । सरकारले बैंकको ब्याजदर सम्बन्धी समस्या स्थायी रुपमा समाधान गरेपछि शेयर बजारमा आज हरियाली छाएको छ । आज नेप्से ६०.५६ अंकले बृद्धि भई २५७१.६६ को बिन्दुमा पुगेको छ । बुधबार सबै उप सूचकहरु हरियाली हुँदै नेप्सेमा सुधार आएको हो ।

बैंकहरुले ब्याजदर बढाएका कारण केही दिनदेखि नेप्सेमा पहिरो गएको थियो । मूल्य बढेपनि लगानीकर्ताहरु शेयर खरिदका लागि त्यति धेरै आकर्षित हुन सकेका छैनन् । जसका कारण कारोबार भने तीन अर्बमा सीमित हुन पुगेको छ ।

बुधबार २१२ वटा कम्पनीको दुई अर्ब ६७ करोड ९० हजार २८ हजार १५५ रुपैयाँको शेयर करोबार भएको छ । बुधबार फाइनान्स उप समुहको सबैभन्दा धेरै ५.८१ प्रतिशतले बृद्धि भएको छ भने सबैभन्दा कम जीवन बीमा उपसमुहको १.३ प्रतिशतले बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*