बाढी पहिरो र डुबानमा परि मृत्यु हुनेको सङख्या ४८ पुग्यो, ३१ जना वेपत्ता

३ कार्तिक २०७८, बुधबार १४:१४

काठमाडौं । देशका विभिन्न क्षेत्रमा परेको भारी वर्षासँगै आएको बाढी पहिरो र डुबानमा परेर बुधबार मध्याह्नसम्म ४८ जनाको मृत्यु भएको छ।
साथै, विभिन्न जिल्लामा ३१ जना वेपत्ता भएका छन् । गृह मन्त्रालयका अनुसार सबैभन्दा बढी इलाममा ११ र डोटीमा ९ जनाको मृत्यु भएका छन् । इलाममा ११ र डोटीमा जिल्लामा पहिराले मानवीय रुपमा ठूलो क्षति गराएको हो ।

त्यस्तै, पहिरामा परी हुम्ला, धनकुटा र पाँचथरमा छ/छजनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । यस्तै बैतडीमा चार, कालीकोटमा एक, डडेलधुरामा एक, प्यूठानमा एक, सुनसरीमा दुई र उदयपुरमा एकजनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।

पहिरामा परेर सबैभन्दा बढी बझाङमा २३ जना बेपत्ता भएका छन् । यस्तै डोटीमा एक, प्यूठानमा दुई, इलाममा पाँचजना बेपत्ता छन् । विभिन्न जिल्लामा अहिलेसम्म २३ जना घाइते भएका छन् । असोज ३१ गतेदेखि मुलुकका विभिन्न क्षेत्रमा पानी पार्ने प्रणाली सक्रिय भएको थियो । हराएकाहरुको खोजी र उद्धारको क्रम जारी राखेको गृहमन्त्रालयले जनाएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*