रैराङ हाइड्रोपावर डेभलपमेण्टको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

३ कार्तिक २०७८, बुधबार १२:०९

काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेण्टको नगद लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।कम्पनीले सभा प्रयोजनको लागि कात्तिक ४ गते बिहीवार बुक क्लोज गरेको छ । जसका कारण आजसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कात्तिक १७ गते वार्षिक साधारण सभा कम्पनीकै केन्द्रीय कार्यालय थापाथलीमा हुने छ । सभाले रैराङ हाइड्रोपावर र रिडी हाइड्रोपावर गाभिने सम्बन्धमा विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी कम्पनीले गत आवको मुनाफाबाट १२ दशमलव ६ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*