मध्य भोटेकोशी जलविद्युतको आईपीओ अर्को साता बाँडफाँड हुने, क्यापिटलको यस्तो छ तयारी

३ कार्तिक २०७८, बुधबार १३:४२

काठमाडौं । मध्य भोटेकोशी जलविद्युतको आईपीओ अर्को साता बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आइपीओ अर्को साता बाँडफाँड गर्ने गरी आवश्यक तयारी थालिएको छ ।

क्यापिटलले शुक्रबारसम्म प्रिअलटमेन्ट गर्ने तयारी गरेको र अर्को साता बाँडफाँड गर्ने तयारी रहेको बीमापोष्टलाई जानकारी दिएको छ। कम्पनीले गत आसोज २० गतेबाट कुल ९० करोड रुपैयाँबराबरको आईपीओ निष्काशन गरेको थियो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो।

कम्पनीले कुल निष्कासन हुने कित्तामध्ये ३ लाख ६० हजार कित्ता (४ प्रतिशत) कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ४ लाख ५० हजार कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी रहेको ८१ लाख ९० हजार कित्तामा सर्वसाधारणले आवेदन पेश गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*