सिटिजन लाइफको पाल्पा शाखाले शुभकामना आदानप्रदान सहित विविध कार्यक्रमका साथ मनायो बार्षिकोत्सव

२ कार्तिक २०७८, मंगलवार १८:१४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाकालको पाचौं बर्षमा प्रवेश गरेको छ । बार्षिक उत्सबको अवसरमा पाल्पा शाखाले तानसेनको बडिज्ञान टोलमा रहेको कार्यालमा शुभकामना आदानप्रदान सहित विविध कार्यक्रम सम्पन्न गरेको छ ।

वार्षिकोत्सब समारोहमा बोल्दै संस्थाका पाल्पा शाखाका प्रबन्धक बिजय कार्कीले यस संस्था स्थापना भएको ४ औ वर्ष पूरा गरि ५ औ वर्षमा प्रवेश गरिरहदा ६ लाख बिमित पुगेको र ७३ जिल्लामा १२६ ओटा शाखा कार्यालय मार्फत देशै भैरी सेवा प्रदान गरिरहेको जानकारी गराए ।

उक्त कार्यक्रममा सिनियर एजेन्सी म्यानेजर बिनोद कुमार नेपाली , सिनियर एजेन्सी म्यानेजर रिता पाण्डेय , एजेन्सी म्यानेजर लेखनाथ भण्डारी , मिना थापा लगायतले आफ्नो भनाइ राख्दै शुभकामना ब्यक्त गरे। बाषिकोत्सब सप्ताह मनाउने क्रममा सामाजिक उत्तरदायितब कार्यक्रम पनि गर्ने शाखाले जनाएको छ। वार्षिकोत्सब समारोहमा अभिकर्ता तथा संघ संस्था संग आबद्ध विभिन्न ब्याक्तित्वको सहभागिता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*