न्यादी हाइड्रोपावरको आईपीओको प्रि-अलटमेन्ट सम्पन्न, बाँडफाँड कहिले ?

२ कार्तिक २०७८, मंगलवार १६:५४

काठमाडौं । न्यादी हाइड्रोपावरको आईपीओको प्रिअलटमेन्ट सम्पन्न भएको छ। कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले बाँडफाँड शुक्रबार गर्ने तयारी भइरहेको बीमापोष्टलाई जानकारी दिएको छ ।

यो कम्पनीले गत असोज १५ गतेबाट १०० अंकित दरका कुल २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ४५ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी २० लाख ९२ हजार ५०० कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्।

यो कम्पनीको आइपीओमा २३ लाख ५७ हजार बढी आवेदकबाट २ करोड ९४ लाख ७७ हजार बढी कित्ता खरीदको माग गर्दै आवेदन परेको छ । आइपीओमा मागभन्दा १४ गुणा बढी आवेदन परेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*