आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

२ कार्तिक २०७८, मंगलवार १५:१८

काठमाडौं  नेप्सेमा सूचीकृत २२१ कम्पनीको ९४ लाख ७४ हजार २ सय ४३ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। दशैंबिदा लग्तै आईतबार शेयर बजारमा नबिल बैंकले सर्वाधिक शेयर खरिद बिक्रिमा अग्रणी भूमिका खोलेको छ । आईतबारदेखि बैंकको शेयर सर्वाधिक रुपमा कारोबार हुँदै आएको छ।

नबिल बैंकको आज ११ करोड माथिको शेयर कारोबार भएको छ भने एनसीसी बैंकको प्रमोटर शेयरको १० करोड माथिको शेयर कारोबार भएको छ।त्यस्तै , अपी पावर, नेशनल हाईड्रोपावर, हिमालयन डिस्टीलरी, एनआईसी एशिया बैंक, अरुण भ्याली, सानिमा बैंक, रैराङ र जीवन विकास लघुवित्तको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*