बढेको ब्याजदरको प्रभाव शेयर बजारमा

२ कार्तिक २०७८, मंगलवार १५:१२

काठमाडौं । नेप्से ७७ दशमलव ३३ अंकले घटेर २५१० दशमलव ७३ को विन्दुमा कायम भएको छ। बैंकहरुले ब्याजदर अस्वभाविक रुपमा ब्याजदर बढाएको असर शेयर बजारमा देखिन पुगेको छ। हिजो देखि बजार निरन्तर घट्दै गएको छ। हिजो ६१ अंकले घटेको शेयरमा आज पुन ओरालो लागेको हो ।

नेप्सेमा सूचीकृत २२१ कम्पनीको ९५ लाख ७५ हजार ६ सय १ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ७८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। दशैंबिदा लग्तै आईतबार शेयर बजारमा नबिल बैंकले सर्वाधिक शेयर खरिद बिक्रिमा अग्रणी भूमिका खोलेको छ । आईतबारदेखि बैंकको शेयर सर्वाधिक रुपमा कारोबार हुँदै आएको छ।

नबिल बैंकको आज ११ करोड माथिको शेयर कारोबार भएको छ भने एनसीसी बैंकको प्रमोटर शेयरको १० करोड माथिको शेयर कारोबार भएको छ।दशैबिदा पश्चात् खोलिएको शेयर बजारमा भने कुनै पनि सूचीकृत कम्पनीहरुले सकारात्मक सर्किट लेभलमा भने कारोबार गर्न सकेका छैनन् । माहुली लघुवित्तका लगानीकर्ताले आज ४ दशमलव ४९ प्रतिशतका दरले कमाएका छन् भने मानुषी लघुवित्तका लगानीकर्ताले ४ दशमलव ०१ प्रतिशतका दरले कमाएका छ्न् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*