बैंकहरुले बढाएको ब्याजदरबारे छलफल गर्दै नेपाल उद्योग वाणिज्य महासंघ

२ कार्तिक २०७८, मंगलवार १४:१९

काठमाडौं । बैंक वित्तीय संस्थाले कार्तिकका लागि निक्षेपको ब्याजदर बढाएर दोहोरो अंकमा पुर्याएपछि नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार नै छलफलका लागि डाकेको छ।बढेको ब्याजदरको विषयले चौतर्फी रुपमा बजार तताएपछि नेपाल उद्योग परिसंघले पनि मंगलबार नै आकस्मिक बैठक डाकेको छ। उसले बैंक फाइनान्स हेर्ने कमिटीको बैठक डाकेको जनाएको छ। कोभिडको मारबाट बिस्तारै तङ्ग्रिन लागेको व्यवसायिक क्षेत्रलाई यसले थप दबाव सिर्जना गरेको छ।

ब्याजदरको विषयले प्राथमिकता मात्रै पाएन देशैभरका व्यवसायीले केन्द्रमा रहेका अगुवा व्यवसायीहरूलाई उक्त विषय गम्भीर रहेको भन्दै ध्यानाकर्षण गराएका छन्।
मुलुकभरिकै व्यवसायी बढेको ब्याजदरका विषयमा चिन्तित देखिएपछि मंगलबार नै नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो बैंक,फाइनान्स, इन्स्योरेन्स कमिटीको बैठक बोलाएको छ।व्यवसायिक क्षेत्रले अपेक्षा गरेभन्दा माथिल्लो स्तरमा ब्याजदर उक्लिएपछि व्यवसायिक क्षेत्रमा खैला बैला मच्चिएको हो।

ब्याजदर बढाउने विषयमा बैंकहरु प्रतिस्पर्धामा उत्रिएपछि व्यवसायिक क्षेत्र थप चिन्तित देखिएको छ। बढेको ब्याजदरले आउने दिनमा लागत बढ्न गई उत्पादन महँगिने र त्यसले प्रतिस्पर्धा समेत गर्न नसक्ने स्थिति सिर्जना हुन सक्ने भन्दै व्यवसायी चिन्तित देखिएका हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*