बैवाहिक उत्सवमा म्युचुअल फण्ड उपहार

२ कार्तिक २०७८, मंगलवार १३:२८

काठमाडौं । विवाहमा जिन्सी सामानहरु दिने प्रचलन बढ्दो नै छ । यसै क्रममा जिन्सी सामानहरु दिने प्रचलनलाई छोड्दै त्रिभुवन विश्वविद्यालयका विधार्थीको एक समुहले विवाहमा साथीलाई म्युचुअल फण्ड उपहार दिएका छन्।

पोखरामा सम्पन्न एक विवाहा समारोहमा युवाहरुको एक समुहले म्युचुअल फण्ड उपहार दिएका हुन् । नेपालका युवाहरुमा आर्थिक चेतना र बचत गर्ने बानी बृद्धि गर्ने उद्देश्यले भर्खरै पोखरामा भएको विवाहमा साथीलाई उपहारको रुपमा एक हजार इकाइ म्युचुअल फण्ड उपहार स्वरुप दिइएको हो। युवाहरुमा वित्तीय साक्षरता बढाउनको लागि विवाहमा समेत म्युचुअल फण्ड उपहार दिइएको उनीहरुको भनाई छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*