लक्ष्मी बैंक नयाँ ब्याजदर सार्वजनिक, अधिकतम ११.०५ प्रतिशत ब्याजदर घोषणा

२ कार्तिक २०७८, मंगलवार १२:५८

काठमाडौं ।लक्ष्मी बैंक ब्याजदर वृद्धिमा आक्रामक देखिएको छ । बैंकले पनि मुद्दति निक्षेपमा एनआइसी एशिया बैंक नजिकको ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले ३ देखि ६ महिने अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११.०५ प्रतिशत कायम गरेको छ।

६ महिनादेखि २ वर्ष अवधिको मुद्दति निक्षेपको ब्याजदर पनि ११ दशमलव ०५ प्रतिशत नै कायम गरिएको छ । यही दर र शर्त संस्थागत मुद्दति निक्षेपका लागि समेत तोकिएको छ ।बैंकले बचतमा अधिकतम ६ दशमलव ५ प्रतिशत ब्याजदर तोकेको छ । रेमिटान्स बचत खातामा भने १ प्रतिशत बढी अर्थात ७ दशमलव ५ प्रतिशत ब्याजदर निधारण गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*