प्रि –ओपन सेसनमा नेप्से सूचकमा सुधार
२ कार्तिक २०७८, मंगलवार ११:४७
काठमाडौं । प्रि –ओपन सेसनमा नेप्से सूचक ० दशमलव १८ अंकले वृद्धि भएको छ । नेप्से सूचक ० दशमलव १८ अंकले वृद्धि हुँदा सूचक २५८८ दशमलव २४ विन्दुमा कायम भएको छ।१३ कम्पनीको ९२४ कित्ता सेयर खरिदबिक्री भएको छ । १० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
४ कम्पनीको भाउ बढेको छ भने ४ वटाको घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।