प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा

२ कार्तिक २०७८, मंगलवार ११:३५

काठामाडौं । प्रिमियर इन्स्योरेन्सको संस्थापक समूहको शेयर बिक्रि गर्ने भएको छ। इन्स्योरेन्सले ५ लाख ४२ हजार ९ सय ६५ कित्ता संस्थापक शेयर आजदेखि लिलामी बढाबढ मार्फत बिक्री खुला गर्न भएको हो ।

उक्त शेयरको न्यूनतम मूल्य ४ सय रुपैयाँ निधारण गरिएको छ । शेयर खरीद गर्न चाह्ने विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कार्तिक १२ गतेसम्म बोलपत्र पेश गर्न पाउनेछन् ।संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले उक्त शेयरमा न्यूनतम ५ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न गर्न सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*