सिटिजन लाइफ इन्स्योरेन्स पाँचौं वर्षमा प्रवेश, जीवन बीमा व्यवसायको दीगो बृद्धिमा प्रतिबद्ध

२ कार्तिक २०७८, मंगलवार ०८:००

काठमाडौं । २०७४ साल कार्तिक २ गतेबाट कारोबार सुरु गरेको सिटिजन लाइफ इन्स्योरेन्स आज पाँचौं वर्षमा प्रबेश गरेको छ । सुरुवाती दुई वर्ष संस्थागत विकासमा संघर्ष गरेको कम्पनीले पछिल्लो दुई वर्ष कोरोना महामारीका बीचमा उत्कृष्ट बीमा व्यवसाय गर्दै अघि बढिरहेको छ ।

कम्पनीले पाँचौं बार्षिकोत्सवको अवसरमा विविध कार्यक्रम गरी मनाउने जनाएको छ । गत वर्ष चौथो बार्षिकोत्सवमा नयाँ ब्राण्डिङका लागि छुट्टै मस्कट तयार पारी जीवन बीमाको प्रचार प्रसार गरेको थियो ।

पाँचौं वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीका सिईओ पोषक पौडेलले बार्षिकोत्सवको अवसरमा यस स्थानसम्म आईपुग्न सहयोग गर्ने बीमा समिति, बीमित, अभिकर्ता, कम्पनीमा आवद्ध सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग पाइरहने विश्वास व्यक्त गरेका छन् । पाँचौं वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले आगामी दिनमा बीमामा जनचेतना अभियानमार्फत व्यवसाय बृद्धि गर्ने, बीमाको पहुँच बृद्धि गर्न योगदान पुर्याउने, जीवन बीमा व्यवसायको दीगो बृद्धिमा प्रतिबद्धता जनाएको छ । जीवन बीमा व्यवसायमा दीगो विकासको रणनीति निकै महत्वपूर्ण मानिन्छ ।

कम्पनीको तीन अर्ब अधिकृत पुँजि, साढे दुई अर्ब जारी पुँजि र एक अर्ब ७५ करोड चुक्ता पुँजि भएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आईपिओ जारी गर्ने प्रक्रिया अघि बढाइसकेको छ ।

सञ्चालको चार वर्षको अवधीमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी नेपालको उत्कृष्ट बीमा कम्पनी मध्येमा पर्न सफल भइसकेको छ । छोटो अवधीमा नै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गत असार समान्तसम्ममा जीवन बीमा कोषमा तीन अर्ब ५७ करोडसहित कूल चार अर्ब ४२ करोड रुपैयाँको कोष छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीसँग दुई लाख चार हजार ३७२ (असार मसान्तसम्मको तथ्याङ्क) जनाले आफ्नो जीवनको जोखिम रक्षावरण सहित बचत गराइरहेका छन् । कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा खुद बीमा शुल्क आर्जन ८१ प्रतिशतले वृद्धि गर्न सफल भई ३ अर्ब ४९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । बीमाको दीगो विकास लक्ष्य लिएको कम्पनीको व्यवसाय प्रत्येक वर्ष उच्च गतिमा बृद्धि भइरहेको तथ्याङ्कहरुले औल्याएको छ ।

हालसम्म नौ वटा बीमा योजनाहरु बिक्री गर्दै आएको कम्पनीले देशभर ११२ वटा शाखा सञ्चालन संस्थापना गरी देशैभरि बीमा सेवा प्रवाह गर्दै आइरहेको छ । कम्पनीमा ५० हजारभन्दा बढि बीमा अभिकर्ताहरु आबद्ध भईसकेका छन् भने करिब ३०० कर्मचारीहरु कार्यरत छन् ।

पछिल्लो तथ्याङ्कमा कम्पनीको अवस्था

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*