जनचेतना अभियान लिएर कटहरिया पुग्यो महालक्ष्मी लाईफ, स्थानीय युवासँग अन्तरक्रिया सम्पन्न

१ कार्तिक २०७८, सोमबार १६:४७

काठमाडौं । जनचेतनाको अभियानमा जुटेको महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले रौतहट जिल्लाको कटहरिया नगरपालिकामा पुगेर बीमा सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।

महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले ‘युवासँग महालक्ष्मी लाइफ’ अभियानलाई आज रौतहटको कटहरियामा पुर्याएको हो । आश्विन ३० गते शनिबार जनता माध्यामिक विधालयको भवनमा संचालित बीमा जागरण कार्यक्रममा स्थानीय युवा तथा विद्यार्थीहरु ४० जना भन्दा बढिले सहभागिता जनाएको कम्पनीले जनाएको छ ।

महालक्ष्मी लाईफको क्षेत्रिय प्रमुख दिगम्बर प्रसादको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बीमा जागरण अभियानका केन्द्रीय सदस्य रिषिकान्त गुप्ता, जिल्ला सदस्य रोहित कुमार गुप्ता र राजेश कुमार साहले बीमाको महत्व बारेमा जानकारी गराएका थिए । क्षेत्रिय प्रमुख दिगम्बर प्रसादले सहभागीहरूलाई बीमाबारे जनचेतनामूलक प्रशिक्षण दिएका थिए । कार्यक्रमपछि बीमा जागरण राष्ट्रिय अभियान रौतहट जील्ला कमिटि गठन गर्ने विषयमा छलफल गरिएको थियो ।

२०७८ आश्विन महिनाबाट सुरु भएको ‘युवा संग महालक्ष्मी लाईफ’ बीमा जागरणराष्ट्रिय अभियान कार्यक्रम अन्तर्गत एक महिनाको अवधिमा नौ वटा जिल्लाको बाह्र स्थानमा सम्पन्न भैसेकेको छ । कार्तिक महिना भित्र थप ६ वटा जिल्लामा कार्यक्रम सम्पन्न गरी प्रत्येक जिल्लामा ११ देखि २१ सदस्यिय बीमा जागरण राष्ट्रिय अभियानको जिल्ला कमिटी गठन गरी उनीहरु मार्फत जिल्लाभित्र बीमा जनचेतनाकार्यक्रमलाई अझै प्रभावकारी रुपमा लिएर जाने महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*