नेप्से ६९ अंकले घट्दा ट्रेडिङ बाहेक सबै उपसूचक राताम्मे

१ कार्तिक २०७८, सोमबार १५:१८

काठमाडौं । नेप्से ६९ दशमलव ५१ अंकले घटेर २५८७ दशमलव ४५ विन्दुमा कायम भएको छ। आज २ सय १८ कम्पनीको शेयर सूचीकृत हुँदा ८७ लाख ७६ हजार ३ सय ३७ कित्ता शेयर खरिदबिक्रि हुँदा २ अर्ब ९६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको ९ करोड ८९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, सानिमा बैंकको ९ करोड ८१ लाख रुपैयाँ, हिमालयन डिस्टीलरीको ९ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, एनआईसी एशिया डिभेञ्चरको शेयर २ प्रतिशतले वृद्धि भएको छ भने महालक्ष्मी विकास बैंकको शेयर १ दशमललव ९९ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, एनआईसी एशिया सेलेक्ट फण्ड, साल्ट टेड्रिङ, सानिमा इक्विटी फण्डका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

घलेम्दी हाईड्रोपावरको शेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, युनाईटेड मोदी हाईड्रोपावरको शेयर ७ दशमलव ६९ प्रतिशतले घटेको छ भने कालिका पावरका लगानीकर्ताले ७ दशमलव ६१ प्रतिशतले गुमाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*