सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

१ कार्तिक २०७८, सोमबार १२:४१

काठमाडौं । आज नेपाली बजारमा सोमवार सुनको मूल्य बढेको हो । स्थानीय बजारमा सुनको भाउ अघिल्लो कारोबार दिन अर्थात् असोज २५ गतेको तुलनामा ७ सय रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँ मा कारोबार भएको छ । असोज २५ गते छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँ मा कारोबार भएको थियो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो कारोबार दिन तेजाबी सुन प्रतितोला ९० हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार दिन प्रतितोला रू. १ हजार १८० मा कारोबार भएको चाँदी सोमवार ४५ रुपैयाँले बढेर १ हजार २ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*