रिडी हाइड्रोपावर डेभलपमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१ कार्तिक २०७८, सोमबार १२:२४

काठमाडौ । रिडी हाइड्रोपावर डेभलपमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।कम्पनीको १२ दशमलव ६ प्रतिशत नगद लाभांश पाउन सेयरधनी बन्ने आज सोमबार कात्तिक १ गते अन्तिम दिन हो ।सभा प्रयोजनका लागि यस कम्पनीले कात्तिक २ गते बुक क्लोज गर्दैछ ।

कम्पनीको २०औं वार्षिक साधारण सभा कात्तिक १२ गते बस्नेछ। सभा कम्पनीको केन्द्रीय कार्यालय थापाथली काठमाडौंमा भर्चुवल माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले रैराङ हाइड्रोपावरलाई मर्जर वा एक्विजिसनको निर्णय गर्ने एजेन्डा अघि सारिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*