साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
१ कार्तिक २०७८, सोमबार ११:३९
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ। कम्पनीको २५ प्रतिशत लाभांश हात पार्न सेयरधनी बन्ने आज अन्तिम दिन हो आज कार्यालय अवधिसम्ममा उक्त लाभाश सुरक्षित गर्न पाउनेछन् । साधारण सभा प्रयोजनका लागि मंगलबार कात्तिक २ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्दैछ ।
यसआधारमा सोमबारसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्नेछन् । यस कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधारण सभा कात्तिक १६ गते बोलाएको छ ।