प्रि ओपन सेसनमा यस्तो देखियो नेप्से
१ कार्तिक २०७८, सोमबार ११:३५
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ० दशमलव ९३ अंकले घटेको छ ।योसँगै नेप्से सूचक २६५६ दशमलव ०४ विन्दुमा कायम भएको छ ।
यस समयसम्म कुल १९ कम्पनीको १२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।६ कम्पनीको भाउ बढेको छ भने ६ वटाकै घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । कुल १६ सय २७ कित्ता सेयर खरिदबिक्री भएका छन् ।