मनकामना केबलकारको सेवा तीन दिनका लागि बन्द, यस्तो छ कारण
काठमाडौं । मनकामना केबलकारको सेवा तीन दिनका लागि बन्द छ।अष्टमीदेखि दशमीसम्म मनकामना देवीका दिन बुंगमती आउने मान्यता रहिआएकोले गोरखास्थित मनकामना मन्दिर समेत बन्द हुने गर्दछ । जसक का।रण केवलकार सेवा समेत अष्टमीका दिनदेखि बन्द हुने भएको छ। आगामी असोज ३० गते अर्थात टिकाको भोलिपल्टैदेखि नियमित रुपमै केबलकारको सेवा संचालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ।
जनविश्वास अनुसार यो समयमा मनकामना देवी बुंगमतीमा आउने भएकोले बुंगमतीमा नवमीका दिन आजु अजि (मनकामना माई) जात्रा हुने गर्छ।
महानवमीको रात मनकामना अजिमा र आजु (मनकामनाका श्रीमान) लाई मन्दिरबाट निकालेपछि सुरु हुने यो जात्रा एकादशीमा सकिने गर्छ।
विजया दशमीको दिन दिनभर पूजा गरेपछि राति हनुमान जात्रा गरिन्छ र एकादशीको दिन मनकामना अजिमा र आजुलाई खटमा राखेर नगर परिक्रमा गराई जात्रा सम्पन्न गर्ने परम्परादेखिको चलन रहेको छ।