नेशनल लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

२८ आश्विन २०७८, बिहीबार १४:३८

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले केराबारी ३ का राजु देवान, १० का चुरानसिंह विक, हस्तवहादुर ९सनम० मगर, बेलबारी ८ भाउनेका रञ्जित सूब्बा लिम्बूको निधनपछि आश्रित परिवारलाई मृत्यु वापतको ७८ लाख ७५ हजार रुपैयाँ बीमा दाबी भुक्तानी गरेको हो । कम्पनीमा ०७७ मंसिर ३० गते ५० लाखको बीमा गरेका केराबारी ३ का राजु देवानको ०७८ श्रावन ३१ गते कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको थियो ।

देवानको श्रीमति गंगामाया लिम्बूलाई कम्पनीका प्रदेश प्रमुख नरेन्द्र राईले ५१ लाख ८६ हजार ६सय ६७ रुपैयाको चेक हस्तान्तरण गरेका हुन् । देवानले १५ वर्षे अवधिको बीमा गरी ४ लाख ६६ हजार रुपैया प्रिमियम जम्मा गरेका थिए ।

त्यसैगरी का केराबारी १० का समाजसेवी, राजनीतिककर्मी चुरानसिंक विकको श्रीमतिलाई पनि मृत्यु दावी अन्र्तगत बीमाङ्क र ६ वर्षको बोनस सहित ६ लाख ८८ हजार ५ सय रुपैयाको चेक हस्तान्तरण गरिएको हो । उनले ६ वर्ष अघि ५ लाखको बीमा गरी वार्षिक ४३ हजार २ सय २८ रुपैया प्रिमियम वुझाउँदै भएका थिए । केराबारी १० का बीमिति हस्तवहादुर ९सनम० मगरको श्रीमति कविता मगरलाई १ लाख रुपैयाको चेक हस्तान्तरण गरेको छ ।

बीमित श्रायन मगरको प्रस्तावक रहेका बुबा हस्तवहादुर मगरको मृत्युपछि आश्रित परिवारका तर्फबाट कवितालाई सो रकम प्रदान गरिएको हो । त्यस्तै, बैदेशिक रोजगारीका क्रममा निधन भएका बेलबारी ८ भाउन्नेका बीमित रञ्जित सूब्बा लिम्बूको श्रीमति बबि सूब्बा लिम्बूलाई पनि १४ लाख रुपैयाको चेक प्रदान गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*