मेटलाइफद्वारा आफ्ना उत्कृष्ट वितरण प्रतिनिधिहरुलाई सम्मान

२५ आश्विन २०७८, सोमबार १४:००

काठमाडौं । मेटलाइफ नेपालले काठमाडौंमा आयोजित वार्षिक पुरस्कार समारोहमा आफ्नो उत्कृष्ट एजेन्सी प्रतिनिधिहरुलाई सम्मान गरेको छ । नेपाल सरकारले तोकेको स्वास्थ्य र सुरक्षा सम्बन्धी सबै मापदण्डहरु पालना गरि आयोजना गरिएको उक्त कार्यक्रम कम्पनीको उपाध्यक्ष एवं महाप्रबन्धक निर्मल काजी श्रेष्ठले उद्घोष गरेका थिए । जसमा कम्पनीका शीर्ष अधिकारीहरु, योग्य एजेन्सी प्रबन्धकहरु, युनिट प्रबन्धकहरु र देशभरका फिल्ड प्रतिनिधिहरुले उपस्थिति जनाएका थिए ।

ग्राहकहरुलाई आफ्नो जीवनमा अघि बढ्न मद्दत गर्ने मनसायका साथ मेटलाइफ नेपाल गत वर्ष देखि नै सबै ग्राहकवर्गहरुलाई सहज डिजिटल सेवाहरु प्रदान गर्न ध्यान केन्द्रित रह्यो । सो कम्पनी नेपालमै ग्राहकहरुको लागि अनलाइन प्रीमियम भुक्तानी सेवा प्रदान गर्ने पहिले जीवन बीमा कम्पनी हो । उक्त कम्पनीसँग काइट नामको डिजिटल सेल्स सोलुसन पनि रहेको छ जसको प्रयोग गरि एजेन्ट तथा वित्तीय योजना सल्लाहकारहरुले जहाँपनि जुनसुकै ठाउँमा पनि ग्राहकहरुलाई एक सहज र फरक किसिमको अनबोर्डिङ्ग अनुभव दिलाउन सक्षम रहन्छन् ।

कम्पनीको उपाध्यक्ष एवं महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने – “अहिलेको विषम् परिस्थितिमा हाम्रा अभिकर्ताहरुको सहनशीलता र अनुकूलन क्षमता तथा विगत १२ महिनामा ग्राहकहरुलाई मद्दत गर्न देखाउनुभएको अटुट प्रतिबद्घता प्रति निकै नै गर्वावन्वित भएका छौं । मेटलाइफ नेपालले सहज डिजिटल अनुभवका माध्यमबाट ग्राहकहरुको जीवन यात्राको प्रत्येक चरणका आवश्यकताहरुलाई पूरा गर्न आफ्ना अभिकर्ताहरुको क्षमता विकासमा निरन्तर जोड दिइरहनेछ ।”

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*