निफ्राको लाभांश घटायो, कारण यस्तो

२५ आश्विन २०७८, सोमबार ११:४१

काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) ले गत आर्थिक वर्षको सञ्चालन मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको ८.५ प्रतिशत लाभांश संशोधन गर्दै घटाएको छ । हिजो असोज २४ गते बसेको सञ्चालक समितिको बैठकले यसअघि प्रस्ताव गरेको लाभांशमा शून्य दशमलव शून्य आठ प्रतिशतले घटाएर बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको हो ।

निफ्राले यसअघि घोषणा गरेको ८.५ प्रतिशत बोनस शेयर र कर समेत लाभांश प्रस्ताव गरेकोमा सो लाभांशलाई संशोधन गर्दै ८.४२ प्रतिशत लाभांश दिने भएको छ ।

राष्ट्र बैंकले यसअघिको लाभांश वितरण सम्बन्धी प्रस्ताव नमिलेपछि बोनस दिने गरी नयाँ प्रस्ताव गरेको हो । केन्द्रीय बैंकले निफ्रालाई लाभांश स्वीकृत गर्ने कार्यविधि २०७७ अनुसारको लाभांश घोषणा नभएको भन्दै सो रद्द गरेपछि नयाँ लाभांश प्रस्ताव गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*