महिला लघुवित्तद्धारा ५० प्रतिशत लाभांश घोषणा

२४ आश्विन २०७८, आईतवार १०:३१

काठमाडौं । महिला लघुवित्तले आर्थिक वर्ष ७७र७८ को नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनी शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७र७८ सम्मको मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजी ४५ प्रतिशतले हुन आउने ४ करोड ५० लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ५ प्रतिशतले हुन आउने ५० लाख नगद गरि कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

One thought on “महिला लघुवित्तद्धारा ५० प्रतिशत लाभांश घोषणा

  1. Damaru Ballav Ghimire says:

    धेरै धन्यबाद छ , महिला लघुबित्त सन्चालक र ब्यबस्तापन टिमलाई, लघुबित्तकाे अहिलेसम्मकाे प्रथम हाे, पुन: अाभार, शेयर बिष्लेषक :- डमरु बल्लभ घिमिरे, चाबहिल मैजुबहाल ।।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*