६४० प्रतिशत लाभांश वितरण गर्ने युनिलिभर नेपालको बुक क्लोज भोलि, आजसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउने

२४ आश्विन २०७८, आईतवार ०९:१६

काठमाडौं । गत आर्थिक वर्षमा आर्जित मुनाफाबाट ६५० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको युनिलिभर नेपालको बार्षिक साधारणसभा आगामी कार्तिक ११ गते हुँदैछ । साधारणसभा प्रयोजनको लागि भोलि अर्थात असोज २५ गतेदेखि कार्तिक ११ गतेसम्म बुक क्लोजको मिति घोषणा गरेको छ ।

युनिलिभर नेपालको सञ्चालक समितिको निर्णय अनुसार भोलिदेखि बुक क्लोज हुने हुँदा कम्पनीले वितरण गर्न लागेको ६४० प्रतिशत नगद लाभांश लिनको लागि आजसम्म नेप्सेमा शेयर खरिद गरिसक्नु पर्नेछ । आजसम्म कायम रहेको शेयरधनीहरुले युनिलिभर नेपालले वितरण गर्ने लाभांश तथा साधारणसभामा समेत भाग लिन पाउनेछन् ।

युनिलिभर नेपालले कात्तिक ११ गते २८ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको कपोरेट कार्यालय सिटी स्क्वेयर बिल्डिङ्ग नयाँ बानेश्वर काठमाडौंमा दिउँसो ३ः४५ बजेदेखि हुने कम्पनीले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*