लुम्बिनी जनरल इन्स्योरेन्सका डिपुटी सिईओ बि.के श्रेष्ठद्धारा राजिनामा, स्वीकृत हुने प्रक्रियामा

२३ आश्विन २०७८, शनिबार १६:४५

काठमाडौं । असोजदेखि यता श्रृंखलाबद्ध रुपमा बीमा कम्पनीका सिईओहरु र उच्च तहका कर्मचारीहरुको राजिनामा दिने बढिरहेको छ । यसैक्रममा लुम्बिनी जनरल इन्स्योरेन्सका डिपुटी सिईओ बिनोद काजी (बिके) श्रेष्ठले पदबाट राजिनामा दिएका छन् ।

लुम्बिनी जनरल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत बिके श्रेष्ठले राजीनामा दिएको सो कम्पनीका उच्च स्रोतले स्वीकार गरेको छ । गत भदौ ३० नै राजिनामा दिएका श्रेष्ठको राजिनामा स्वीकृत हुन भने बाँकी छ । बिके श्रेष्ठले नेपाली बीमा क्षेत्रमा लामो समय बिताएका अनुभवी बीमा प्रशासक मानिन्छन् । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको संचालक समितिले भने राजिनामा स्वीकृत गर्न बाँकी रहेको स्रोतले जनाएको छ ।

कम्पनीका डिसिईओ बि.के श्रेष्ठले यसअघि नेशनल इन्स्योरेन्स कम्पनीमा २० बर्ष र हाल कार्यरत लुम्बिनी जनरल इन्स्योरेन्समा १३ बर्ष गरि ३३ बर्षको बीमा क्षेत्रमा काम गरेको अनुभव रहेको छ । बीमा क्षेत्रमा एक दशक लामो अनुभव बटुलेका श्रेष्ठको आगामी यात्राबारे भने खुलाएको छैन ।

यसअघि गुराँस लाइफ इन्स्योरेन्सका सिईओ नारायण कुमार भट्टराई र सगरमाथा इन्स्योरेन्स कम्पनीका डेपुटी सिईओ श्रवण कुमार रावलद्वारा पदबाट राजिनामा दिईसकेका छन् भने पप्रुडेन्सियल इन्स्योरेन्सका सिईओ बीरकृष्ण महर्जनले पनि राजिना दिइसकेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*