शिवम सिमेन्टले २९ प्रतिशत लाभांश प्रस्ताव सहित बोलायो साधारणसभा, यस्ता छन् अन्य एजेण्डा
काठमाडौं शिवम सिमेन्टले वार्षिक साधारणसभाका कात्तिक १६ गतेसभा बोलाएको छ। कम्पनीको शुक्रबार सम्पन्न संचालक समितिको बैंठकले आउँदो कात्तिक १६ गते सभा हुने निर्णय गरेको हो ।
सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई २९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले उक्त आर्थिक बर्षको नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँको २९ प्रतिशत लाभांशका दरले हुन आउने एक अर्ब २७ करोड रुपैयाँ (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित र आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू सभामा पारित गर्ने भएको छ।