महालक्ष्मी लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

२३ आश्विन २०७८, शनिबार ११:१३

ठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीम दाबी भुक्तानी गरेको छ । कम्पनीले तनहुको भिमाद नगरपालिकामा मृत्यु भएका बुद्धिसागर सापकोटाको दैलोमा नै पुगेर परिवारलाई विमाको दावी भुक्तानी रकम प्रदान गरेको हो ।

कम्पनीको चितवन नवलपुर एरिया प्रमुख कृष्णविलास अधिकारीले मृतक सापकोटाकी श्रीमति मनिषा सापकोटालाई चेक हस्तान्तरण गरेका हुन् । दुई वर्ष अधि १५ वर्षे अवधिको महालक्ष्मी सावाधिक बीमा गरेका ५१ वर्षिय सापकोटाको सामान्य कालगतिबाट मृत्यु भए पछि संस्थाले मृत्यु दावी भुक्तानी गरेको हो ।

दुई वर्षको विमा शुल्क ७४ हजार तिरेका सापकोटाका परिवारलाई ५ लाख ५० हजार बराबरको चेक हस्तान्तरण गर्दै एरिया म्यानेजर अधिकारीले विमाको महत्व र यसले परिवारमा हुने आर्थिक सुरक्षाको बारेमा जानकारी दिएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*