लाभांश घोषणा गरेका सात बाणिज्य बैंकहरुमध्ये कुन उत्कृष्ट ? नगद र बोनस कुनको कति ? (सूचिसहित)

२३ आश्विन २०७८, शनिबार १०:०३

काठमाडौं । नेप्सेमा सूचीकृत ७ वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७७/७८ को लाभांश घोषणा गरिसकेका छन् । बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । न्यूनतम् आठ अर्ब चुक्ता पुँजि हुनुपर्ने क बर्गका बाणिज्य बैंकहरुले अर्बौ रुपैयाँ लाभांश बापत वितरण गर्दा पनि लगानीकर्ताको हातमा भने थोर थोरै नै पर्ने गरेको छ ।

हालसम्म हिमालय बैंक, माछापुच्छ्रे, कुमारी, नेपाल इन्भेष्टमेन्ट, स्ट्याण्डर्ड चार्टर्ड, सानिमा र सिटिजन्स बैंक इन्टरनेशनलले लाभांशको प्रस्ताव गरेका हुन् । लाभांश घोषणा गरेका सात बाणिज्य बैंक मध्ये हिमालयन बैंक उत्कृष्ट देखिएको छ भने सबैभन्दा कमजोर कुमारी बैंक देखिएको छ ।

बैंकहरुले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकले केही बैंकको लाभांश स्वीकृत गरिसकेको छ भने केहीको स्वीकृत हुन बाँकी छ । बैंकले शेयरधनीलाई कुल २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने सबैभन्दा कम कुमारी बैंकले ८ दशमलव ६७ प्रतिशत लाभांश बाड्ने प्रस्ताव गरेको छ ।

अघिल्ल आर्थिक वर्षहरुमा केही वाणिज्य बैंकले दशैंअघि नै वार्षिक साधारणसभा बोलाएर शेयरधनीलाई लाभांश वितरण गर्ने गरेको भए पनि यो वर्ष भने शेयरधनीले दशैं अगाडि लाभांश नपाउने भएका हुन् ।

गत आर्थिक वर्षको नाफाबाट हिमालयन बैंक लिमिटेडले शेयरधनीलाई २६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । बुधवार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २१ दशमलव ३६ प्रतिशत बोनस शेयर र ४ दशमलव ६४ प्रतिशत नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

त्यस्तै, कुमारी बैंकले शेयरधनीलाई ८ दशमलव ६७ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १३ दशमलव शून्य ६ प्रतिशत लाभांश घोषणा गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*