१३ निर्जिवन बीमा कम्पनीमा समितिको स्थलगत निरिक्षण, उधारो पोलिसी बिक्रि गर्ने समस्या यथावत्

२२ आश्विन २०७८, शुक्रबार १३:०३

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुमा बीमा समितिले स्थलगत निरिक्षण गरको छ । १३ कम्पनीको सुपरिवेक्षण सम्पन्न भईसकेको बाँकिको दशैंपछि पुन स्थलगत सुपरिवेक्षण कार्य सुरु हुने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा पोष्टलाई जानकारी दिए ।

स्थलगत निरिक्षणका क्रममा कम्पनीको बीमाशुल्क, दाबी भुक्तानीमा केहि समस्या देखिएको र उधारो बीमा गरेको भटेको उनले बताए ।गत असारमा पनि समितिले कम्पनीहरुलाई बीमा लेख बिक्री गरेपछि बैंक खातामा पैसा नआउँदासम्म बीमा लेख जारी नगर्न निर्देशन समेत दिएको थियो । कम्पनीहरुले पोलिसी बिक्रि गर्ने समस्या यथावत् नै राखेको निरिक्षणको क्रमममा भेटिएको छ ।समितिको निर्देशन विपरित उधारो बीमा गराउने कम्पनीहरुलाई बीमा समितिमा छलफल अघि बढाई कारबाही अघि बढाउने प्रकृयामा रहेको समितिको भनाई छ ।

समितिले २० निर्जिवन बीमा कम्पनीमध्ये ७ कम्पनीको निरिक्षण दशैपश्चात् गर्ने जनाएको छ। बाँकि १३ कम्पनीको भने स्थलगत सुपरिवेक्षण सम्पन्न भईसकेको छ।२० निर्जिवन बीमा कम्पनीमध्ये सरकारी स्वामित्वमा रहेको सरकारी राष्ट्रिय बीमा कम्पनी, जनरल इन्स्योरेन्स कम्पनी, सानिमा जनरल, आइएमई जनरल इन्स्योरेन्स कम्पनी, प्रभु इन्स्योरेन्स कम्पनी, नेशनल र ओरियन्टल इन्स्योरेन्स कम्पनीको स्थलगत सुपरिवेक्षण हुन बाँकि रहेको छ। कम्पनीले एक दर्जन बढी कम्पनीको स्थलगत सुपरिवेक्षण सम्पन्न गरिसकेको छ। बीमा समितिले अनसाइट र अफ साइट निरीक्षण गर्दै आएको छ । चालु आर्थिक वर्षको वार्षिक कार्यक्रममा तथा योजनामा पनि अन साइट तथा अफ साइट निरिक्षण प्राथमिकतामा रहने बीमा समितिले बताएको छ ।

नियामकको हिसाबले बीमा समितिले बीमा कम्पनीहरुको गतिविधिहरु माथि निगारानी राखि रहेको हुन्छ । बीमा कम्पनीहरुको व्यवस्थापकीय अवस्था, वित्तीय अवस्था, कर्मचारी संख्या, शाखा संजाल जस्ता विभिन्न गतिविधीमा नियामक बीमा समितिले ध्यान दिने गर्छ ।

सम्पूर्ण कम्पनीहरुको निरिक्षण प्रतिवेदन पश्चात् समितिले थप अध्ययन गर्छ । बीमा समितिको नियम र कम्पनी नियम अनु्रुप कार्य नगरेको खण्डमा कारबाहिको प्रकृया अघि बढाईने पौडेलले बताए । निर्जिवन बीमाबाट कृषि बीमाको निरिक्षणको टोलीले कार्य सम्पन्न गरिसकेको छ भने प्रतिवेदन आउँने क्रममा रहेको छ।

कृषि बीमाको  स्थलगत अनुगमनमा बिशेष गरि बीमा कम्पनीले नै कृषि प्राविधिक राख्नुपर्ने, कृषि बीमामा काम गर्ने कर्मचारीहरुलाई उचित तालिमको व्यवस्था नभएको र निर्देशिकाको मात्तहतमा रहेर बीमा कम्पनीहरुले कामलाई निरन्तरता नदिएको कुरा भेटिएको समितिले जनाएको छ।

बीमा समितिले कृषि बीमा कम्पनीलाई जिल्ला नै तोकेर बीमा गराउन निर्देशन दिएको छ । बार्षिक रुपमा बिक्री गर्ने कूल व्यवसायको कम्तीमा ५ प्रतिशत बीमा तथा पशुपन्छीको हुनुपर्ने निर्देशनमा समेत उल्लेख रहेको छ। उक्त निर्देशका बमोजिम रहेर कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमा गरे नगरेको सम्बन्धमा कारबाहिको प्रकृया समेत अघि बढाईने समितिले जनाएको छ। उक्त स्थलगत अध्ययनको प्रतिवेदन भने यसै साता आउने बीमा समितिले जनाएको छ। कृषि बीमाको दायरा गत आर्थिक बर्षको तुलनामा ६० प्रतिशतले बढेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*