सगरमाथा इन्स्योरेन्स कम्पनीका डेपुटी सिईओ रावलद्वारा पदबाट राजिनामा

२१ आश्विन २०७८, बिहीबार २३:२८

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीका डेपुटी सिईओ श्रवण कुमार रावलले पदबाट राजिनामा दिएका छन् । बीमा क्षेत्रमा लामो समय बिताएका रावल अनुभवी बीमा प्रशासक समेत हुन् । रावलले केही दिन पहिलो राजिनामा पत्र बुझाएको सगरमाथा इन्स्योरेन्स स्रोतले जनाएको छ ।

सगरमाथा इन्स्योरेन्स कम्पनीमा रावलको राजिनामा स्वीकृत भइसकेको छैन । स्रोतका अनुसार रावल सगरमाथा इन्स्योरेन्स कम्पनी छोडेर प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा जाने सम्भावना छ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सिईओ पद यही असोज अन्त्यबाट रिक्त हुँदैछ । सो कम्पनीका सिईओ बीरकृष्ण महर्जनले राजिनामा दिइसकेका छन् ।

नेपालमा सञ्चालित निर्जिवन बीमा कम्पनीहरुले आफ्ना कर्मचारीहरुको वृत्ति विकास र सेवा सुविधामा कन्जुस्याई गर्ने गरेका कारण एउटा कम्पनी छोडेर अर्को कम्पनीमा जाने प्रचलन बढ्दो छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*