गिरी ब्रदर्स अटोपाटर्सले फ्री चेकअप गर्ने, अन्य सेवामा बिशेष छुट

२१ आश्विन २०७८, बिहीबार १८:३८

काठमाडौं । गिरी ब्रदर्स अटोपाटर्सले आफ्नो ग्राहकहरुलाई दसैंको शुभकामनाका साथमा प्रत्यक्ष सेवा प्रदान गर्ने उद्देश्यले ‘फ्रि सर्भिस क्याम्प ’ आयोजना गर्ने भएको छ ।यही असोज २२ देखी असोज २५ गतेसम्म गिरी ब्रदर्स अटोपाटर्सले ग्राहकलाई टीभीएसका बाइक स्कूटीमा फ्रि सर्भिस दिन लागेको हो । गिरी ब्रदर्स अटोपाटर्सले आफ्नो वर्कसप सानोभर्याङमा अशोज २५ गते सम्म टीभीएस बाइक स्कूटीका सम्पूर्ण प्रकारका अटोभेहिकलमा फ्रि सर्भिसिंग हुने गिरी ब्रदर्स अटोपाटर्सका निर्देशक अजय गिरीले जानकारी दिए ।

उक्त अवधिभर ग्राहकहरुले टीभीएसका जेन्यूइन स्पेयर पार्टसमा १० प्रतिशत छुट, ल्युब्रिकेट्समा १० प्रतिशत छुट तथा अन्य लेवर चार्ज र चेकअप मा सत प्रतिशत छुट प्राप्त साथै बिभिन्न प्रकारका आकर्षक गिफ्ट जित्न सक्नेछन् । टीभीएसका ग्राहकले उक्त सेवा लिन गिरी ब्रदर्स अटोपाटर्सको कार्यालय वर्कसप सानोभर्याङमा गइ सेवा लिन सक्ने निर्देशक गिरीले जानकारी दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*