विश्व बैंकद्धारा यस वर्ष सरकारले राखेको लक्ष्यभन्दा कम आर्थिक वृद्धि हुने प्रक्षेपण, यस्तो छ प्रतिवदेन विस्तृत

२१ आश्विन २०७८, बिहीबार १२:५७

काठमाडौं । विश्व बैंकले चालू आर्थिक वर्षमा सरकारले राखेको लक्ष्यभन्दा कम आर्थिक वृद्धि हुने प्रक्षेपण राखेको छ। बैंकको प्रतिवेदन अनुसार नेपालको चालू आर्थिक वर्षमा ३ दशमलव ९ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको छ।

बैंकले बिहीवार ‘साउथ एशिया इकोनोमी फोकस’ सार्वजनिक गर्दै गत आर्थिक वर्षको भन्दा १ दशमलव ८ प्रतिशतले यो वर्ष आर्थिक विस्तार हुने पनि जानकारी दिएको छ।
बैंकले गत वर्ष १ दशमलव ८ प्रतिशत मात्र आर्थिक वृद्धि भएको अनुमान सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षमा अर्थतन्त्र ४ दशमलव ७ प्रतिशतले विस्तार हुने अनुमान पनि विश्व बैंकको छ । आर्थिक वर्ष २०७६/ ०७७ मा कोरोना महामारीले गर्दा आर्थिक वृद्धि २ दशमलव १ प्रतिशतले ऋणात्मक भएको थियो ।

यो वर्ष थप १ दशमलव ८ प्रतिशत अर्थतन्त्र विस्तार हुने अनुमान छ । यद्यपी कोरोना जोखिम भने कायमै रहेको पनि प्रतिवेदनमा उल्लेख छ । सरकारले भने चालू आर्थिक वर्षको बजेटमा ७ प्रतिशत आर्थिक विस्तारको लक्ष्य लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*