डिप्रोक्स लघुवित्तको साधारणसभा असोज २३ गते, एजेण्डाहरु यस्ता छन्

२१ आश्विन २०७८, बिहीबार १२:४६

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको २०औं वार्षिक साधारण सभा असोज २३ गते बोलाएको छ । उक्त सभा बिहान ११ बजे चितवन गार्डेन रिर्सोट, भरतपुरमा हुने भएको छ। सभा प्रयोजनको लागि कम्पनीले असोज १२ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले असोज ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

साथै सभाले शेयर संरचना र कर्मचारी पद समायोजनको विषयमा नाडेप लघुवित्तसँग असहमति भएकाले मर्जर प्रक्रिया अघि नबढेको र सोही कारण अहिलेसम्म भए गरेका कामलाई अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
सभाले २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*